नाजिर हुसेन, सागर लम्साल र आँचल शर्माको 'डुप्लिकेट माया' सार्वजनिक भएको छ । म्युजिक भिडियो 'डुप्लिकेट माया' बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । कृष्ण कार्की र अप्सरा घिमिरेको स्वर रहेको सार्वजनिक गीतमा तुलसीजंग बस्नेतको शब्द तथा सन्तोष सुनारको सङ्गीत रहेको छ । मनोज बस्नेतको निर्देशनमा तयार भएको भिडियोमा नाजिर र सागरले आँचललाई पच्छ्याएका छन् भने मायामा धोका हुने डरले आँचल उनीहरूबाट तर्किरहेकी छिन् । गीतको भिडियो रमाइलो बनेको छ भने दर्शकलाई भरपुर मनोरञ्जन दिने खालको बनेको छ । विवाह गरेपछि केही महिना अभिनयबाट टाढा रहेकी आँचल पुनः म्युजिक भिडियोमा देखिएकी हुन् । भिडियो  भएसँगै दर्शकले मन पराइरहेका छन् भने म्युजिक भिडियो ट्रेन्डिङमा पनि पर्न सफल भएको छ । भिडियोमा राजीव समरको नृत्य निर्देशन छ । रुवेल बस्नेतले निर्माण गरेको भिडियोमा रामकुमार केसीको छायाङ्कन तथा टेकेन्द्र शाहको सम्पादन छ ।