पर्दामा निकै रुचाइएको अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । यस चलचित्रमा साम्राज्ञीलाई ‘प्रेमगीत ३’का कलाकार मनिष राउतसँग एकसाथ देख्न पाइने छ । साम्राज्ञीसँगै यस चलचित्रमा आना शर्मा पनि अनुबन्धित भएकी छिन् । सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्रको लागी बिहीबार दुवै अभिनेत्रीले साइन गरेका हुन् । प्रवेश पौडेलले निर्देशन गर्ने चलचित्रको लागी ‘प्रेमगीत ३’मा प्रवेश गरे सँगै चर्चामा आएका मनिषले केही पहिल्यै सम्झौता गरिसकेका छन् । युवा मनोविज्ञानमा आधिरत रहने चलचित्रको यति बेला स्क्रिप्टको काम भइरहेको बुझिएको छ । चलचित्रको लागी अन्य कास्ट एन्ड क्रुका बारेमा केही समयमा जानकारी सार्वजनिक गर्ने तयारी रहेको निर्माण पक्षले बताएको छ ।