गायिका मेलिना राई र दिलीप कोयीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'तिम्रै हुँ माया' बोलको गीत शुक्रवार युट्युबमा रिलिज गरिएको हो । गीतमा कमला कोयीको शब्द तथा दिलीप कोयीको सङ्गीत र राजु कार्कीले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा लक्ष्मी बर्देवा, दिलीप कोयी र सन्तोष अङ्बाङ्गको अभिनय रहेको छ । भिडियोमा बाल कलाकार स्मृति बोगटीको पनि अभिनय रहेको छ । रोसेल थापाको निर्देशन गरेको भिडियोमा मायाका कुरा र समर्पणका कुरा देखाइएको छ । भिडियोलाई अनिल रन्ले सम्पादन गरेका हुन भने वीरेन्द्र भट्टले सम्पादन गरेका हुन् ।