गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । ‘डल्ली’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा एलिनासँगै विवेक चौलागाईंको पनि आवाज रहेको छ । कमेडी भावको गीतमा प्रभावन जेको शब्द तथा सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा एलिनासँगै विकाश लामिछाने, राजाराम गौतम, विपना चौलागाईंले अभिनय रहेको छ । गीतको भिडियोलाई प्रभावन जेले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेको गीतको भिडियोमा डिनशन शाहले सम्पादन गरेका हुन् ।