नेपाल आइडलकी प्रतिस्पर्धी मेघा श्रेष्ठको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'पोल्छ' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । लोकेश बज्राचार्यको शब्द तथा सङ्गीतमा तयार भएको यस गीत मेघाको पहिलो एकल गीत हो । अडिसनबाट गोल्डेन माइक विजेता मेघा नेपाल आइडल सिजन ३ को शीर्ष ५ सम्म पुगेकी थिइन् । गीतको सार्वजनिक भिडियोमा मेघाकै अभिनय रहेको छ भने भिडियोलाई निर्माण, निर्देशन र सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् । लोकेश नेपाल आइडल सिजन ३ का निर्देशक पनि हुन् । रोहित जोन क्षेत्रीको साउन्ड अडियो प्रोडक्सन रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ विजु कर्माचार्यले गरेका हुन् ।