गायक निशान भट्टराईले विवाह गरेका छन् । नेपाल आइडल पहिलो सिजनका फर्स्ट रन र अप निशानले कानुनी विवाह गरेका हुन् । मङ्गलवार धुलिखेल जिल्ला अदालतमा पुगी कानुनी विवाह गरेका हुन् । दर्शक श्रोताको मन जितेका भट्टराईले प्रेमिका ऋचा न्यौपानेसँग विवाह गरेका हुन् । उनीहरू २ वर्षदेखि प्रेम सम्बन्धमा थिए । ऋचाले निशानको आवाज रहेको गीत 'लाउर जाने रेल'मा अभिनय गरेकी थिइन् । निशानले पछिल्लो समय एक पछि अर्को सफल गीत ल्याइरहेका छन् । जसमध्ये  ‘के माया लाग्छ र’ बोलको गीत निकै चर्चित बनेको छ भने दर्शकले अत्यधिक मन पराएका छन् । निशान र ऋचालाई सफल वैवाहिक जीवनको शुभकामना!!