पल शाह, सुधीर श्रेष्ठ, सुनिशा बजगाईँ र उषा उप्रेती फिचर्ड ‘माया गरौँला’ बोलको गीत युट्युब ट्रेण्डिङ्गको पहिलो नम्बरमा पर्न सफल भएको छ । सरोज ओली र अस्मिता अधिकारीको स्वर रहेको गीत ले प्रकाश सपुतको ‘बदला बरिलै’लाई रिप्लेस गर्दै ट्रेण्डिङ्गको पहिलो नम्बरमा पर्न सफल भएको हो । गीतलाई यति बेला सम्म १७ लाख बढिले हेरिसकेका छन् भने करिब ९ हजारले प्रतिक्रिया दिएका छन् । गीत को अडियो तथा भिडियोलाई दर्शकले मन पराएका छन् । गायक सरोज स्वयंले निर्देशन गरेको गीतको भिडियोमा विक्रम स्वाँरको कन्सेप्ट र कोरियोग्राफी रहेको छ । भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अमन मानन्धरले सम्पादन गरेका हुन् ।