केही समय यता उपत्यकामा कोरोना भाइरसको जोखिम बढिरहेको छ । यस जोखिमलाई मध्यनजर गर्दै चलचित्र वितरक, कलाकार तथा जागौँ युवा अभियानका अध्यक्ष करण श्रेष्ठको पहलमा काठमाण्डौको अनामनगरस्थित पूर्वी गेटमा सर्वसाधरणका लागि स्यानिटाइजरको बुथ राखिएको छ । सर्वसाधारणको लागी बाटोमा यात्रा गरिरहँदा सुरक्षित र सङ्क्रमणको जोखिम कम गर्दै यात्रा पुरा गर्ने उद्देश्यले स्यानिटाइजर बुथ राखिएको हो । यसको उद्घाटन कलाकार दीपकराज गिरी, अनामनगर प्रहरी वृत्तका डिएसपी हरिबहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेश प्रसाद किजु र जागौँ युवा अभियानका अध्यक्ष करण श्रेष्ठ लगायतले गरेका हुन् । अनामनगर क्षेत्रमा आवतजावत गर्ने पैदल यात्रुले उक्त बुथबाट हात सेनिटाइज गर्न सक्ने छन् । मानिसहरूलाई सचेतना जगाउन यो अभियान सुरु गरेको करणले बताएका छन् ।