नेपालको पहिलो कमेडी शो 'कमेडी च्याम्पियन' पहिलो सिजनका विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । विजेतालाई टिमले बुधवार पुरस्कार हस्तान्तरण गरेको हो । कोरोना कहरले गर्दा फाइनल घोषणा भएको लामोसम्म पनि विजेताले पुरस्कार पाएका थिएनन् । कोरोनाको कहर बिचमा कार्यक्रमको आयोजना गर्न नसकेको निर्माण टिमले कान्तिपुर टेलिभिजनको एक कार्यक्रममार्फत विजेता हिमेश पन्तलाई गाडी हस्तान्तरण गरेको हो ।
कार्यक्रममा कान्तिपुर टेलिभिजनको तर्फबाट स्टेसन प्रमुख दिनेश डिसी, कमेडी च्याम्पियनको तर्फबाट निर्देशक विशाल भण्डारी, कार्यकारी निर्माता केकी अधिकारी र राज घिमिरेको साथमा विजेता हिमेश पन्त उपस्थित रहेका थिए । यस कार्यक्रमको सिजन २ को डिजिटल अडिसन सुरुवात हुने तरखरमा छ । विजेता हिमेशलाई घोषणा गरिए अनुसार गाडी हस्तान्तरण गरिएको हो ।