अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । सृष्टि र अभिनेता नीराजन प्रधानले अन स्क्रिन रोमान्स गरेको ‘साँझ…’ शीर्षकको गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा दिनेश शंकरको स्वर रहेको छ भने शब्द तथा सङ्गीत पनि गायक शंकरकै रहेको छ । भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । भिडियोमा सानो असमझदारीले छुट्टिन लागेको जोडीलाई मायाले नै फर्काएको कथा प्रस्तुत गरिएको छ । उज्ज्वल जोशीको कलर, सम्पादन र छायाङ्कन रहेको भिडियोलाई नोभिया शंकरले यसलाई निर्माण गरेकी हुन् ।