गायिका आस्था राउतको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'फाट्यो नि माइतीको चिनो' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा सुरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको छ भने गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियो दिया मास्के र मनोज जोशीको अभिनय रहेको छ । माइतीले दिएको चिनो फाटे पछि अब पसिनाले केले पुस्ने हो भन्ने भावुक गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । चेलीको लागी माइती कति प्यारो हुन्छ र आफू जन्मेको ठाउँ आफ्ना भन्नेहरूबाट टाढा हुनुको पिडा गीत तथा भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा दिया र मनोजको अभिनयले मन छुन्छ भने गीत को सङ्गीतले भावुक बनाउँछ । सावित्री राउतले निर्माण गरेको भिडियोलाई अर्जुन तिवारी र समूहले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । गीत गायिका राउतको युट्युब च्यानलमा उपलब्ध छ ।