गायक सुगम  पोखरेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।गायक सुगमले  समस्त बुबाहरूलाई समर्पित गर्दै "बुबा (हजुरको याद आउँछ)" बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक पोखरेल आफ्नै रचना तथा सङ्गीत सङ्गीत रहेको छ । गीतको सङ्गीत संयोजन सुजिल कर्माचार्यले गरेका हुन् । गीतको भिडियो विकेश मगरले निर्माण हुन् । नजिकिँदै गरेको कुशे औशी (बुबा मुख हेर्ने ) दिनको अवसरमा सम्पूर्ण बुबालाई सम्झिएर उनले यस गीत सार्वजनिक गरेका हुन् । सुगमले केही समय अघि आआफ्ना बुवा गुमाएका थिए र आफ्ना बुवाको लागी तयार पारेको गीत सुनाउन नपाएकोमा दुख व्यक्त गर्दै बुबाको लागि भनेर बनाएको गीत बुबाले सुन्न नपाए पनि सम्पूर्ण दर्शक तथा श्रोता को लागि समर्पित गरेका छन् । उनले गीत सार्वजनिक गर्दै आफ्नो सामाजिक सञ्जाल मा "भौतिक रूपमा बुवा अहिले हामी माझ नभए पनि वहाँ को शिक्षा-दीक्षा, सोच, सपना अनि आशीर्वादलाई मार्गदर्शन मानेर एउटा असल मान्छे बन्ने भरमग्दुर प्रयास सधैँ गर्नेछु" भन्दै लेखेका छन् । सुगमका अनुसार यो गीतले एउटा पिताको चित्रण गर्छ जुन रूप, सोचाइ, भोगाई, आचरण, व्यक्तित्व सम्भवतः हरेकका बा या बुवा को आकृति पाउनुहुनेछ देख्नुहुनेछ ।