चर्चित हाँस्य कलाकार किरण के.सी. 'राता मकै' उपभोक्ता अधिकार सद्भावना दूत नियुक्त भएका छन् । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै एक समारोहका बिच के.सीलाई अधिकार सद्भावना दूतका रूपमा नियुक्त गरिएको हो । नेपाल सरकारका पूर्व मुख्य सचिव तथा पूर्व राजदूत लीलामणि पौडेल तथा महानिर्देशक नेत्र सुवेदीको उपस्थितिमा कलाकार के सीलाई गरिमामय पदमा नियुक्त गरिएको हो । उपभोक्ताको हक, हित र अधिकारका लागि आफ्नो क्षेत्रबाट दिँदै आएको योगदानको कदर स्वरूप यस पदमा नियुक्त गरिएको हो । अघिल्लो वर्ष पनि उनलाई नै उपभोक्ता दूत नियुक्त गरेको थियो ।