गायिका अस्मिता अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘मुस्कान दिन्छु तिमीलाई’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । रमेश एमके पौडेलको शब्द रहेको गीतमा सुवास भुसालको सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा इम्ली लामा र पासाङ लामा फिचर्ड छन् । गीतले प्रेम र यसको लागी गर्ने समर्पणको भाव बोकेको छ । भिडियोलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । भने बद्री लामिछानेले छायाङ्कन तथा सम्पादन गरेका छन् । गीतमा आफूले प्रेम गरेको मान्छेको खुसीको लागी सबै थोक समर्पण गर्न तयार हुने प्रेमी प्रेमिकाको भाव व्यक्त गरिएको छ । गीत बोधी एचडीको युट्युब च्यानलमा उपलब्ध छ ।