कोरोना सङ्क्रमण बढेपछि काठमाडौँ लगायत देश भर मानिसहरूको भिडभाड अनि भेला हुने काम रोकिएको छ । साथमा अत्यावश्यक काम नपरी बाहिर ननिस्कन आग्रह समेत गरिएको छ । यसको प्रत्यक्ष प्रभाव नेपाली फिल्म इन्डस्ट्रीमा परेको छ । लकडाउन खुकुलो भएसँगै सुरु भएको म्युजिक भिडियो लगायत छोटा चलचित्रको छायाङ्कन सुरु भएको थियो । तर दिन प्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढेपछि सरकारले सट डाउन घोषणा गरेको छ भने धेरै मान्छे भेला हुने कार्यक्रम पूर्ण रूपले प्रतिबन्ध गरेको छ । यसै अनुरूप छायाङ्कन भइरहेका म्युजिक भिडियो लगायतको काममा पनि प्रहरी प्रशासनले रोक लगाएको छ । यसै बिच नायिका नीता ढुङ्गाना र उनको टिमले गरिरहेको छायाङ्कनको काममा प्रहरीले हस्तक्षेप गरेको छ । सरकारले म्युजिक भिडियो वा चलचित्रको छायाङ्कनका लागि अनुमति दिइनसकेको अवस्था र सङ्क्रमणको जोखिम बढेसँगै प्रहरीले म्युजिक भिडियोको छायाङ्कनमा पुगेर प्रहरीले काम रोक्न आग्रह गर्न थालेको छ ।
गत साउन २९ गते नीताको स्वरमा समावेश भजनको छायाङ्कन प्रहरीले रोकेको हो । सो गीतको भिडियोको छायाङ्कन साउन ३० गते दिउँसो गरिएको थियो । राती गर्नुपर्ने छायाङ्कन प्रहरीले रोकेपछि दिउँसो गरिएको थियो । शंखमुलमा टेलिसिरियल ‘झोल झाल’को छायाङ्कन भइरहेको समयमा प्रहरी पुगेको थियो । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेसँगै प्रहरीले म्युजिक भिडियो र सिरियलको छायाङ्कनमा कडाइ गर्न थालेको छ । सरकारले निषेधाज्ञा जारी गरेसँगै थुप्रै टिमले भिडियो छायाङ्कनको काम रोकेका छन् । साथमा कलाकार हरुले पनि सङ्क्रमणको जोखिम बढेकाले आफू केही समय काम नगर्ने बताएका छन् ।