अभिनेता सलोन बस्नेत नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । अभिनेता आमेष भण्डारीसँगको सहकार्यमा उनले ‘रुम नम्बर १०८’ नामक चलचित्र निर्माण गर्न लागेका हुन् । यसै नाममा सलोन र आमेष मिलेर केही समय अघि गीत पनि सार्वजनिक गरेका छन् । सलोनले चलचित्रको लागी लकडाउन यता नै काम सुरु गरेको र यसको कथाको लागी काम भइरहेको बताएका छन् । उनले चलचित्रको मुख्य भूमिकामा आफू र आमेष हुने र बाँकी नयाँ कलाकार लिइने बताएका छन् । थ्रिलर र कमेडी कथामा निर्माण हुने चलचित्रले युवाहरूको समूहको कथा भन्ने सलोनको भनाइ छ । छायाङ्कनको लागी अनुमति मिलेसँगै आफूहरू फ्लोरमा जान तयार भएको सलोन र आमेष बताउँछन् । यसलाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन् भने सलोन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण हुने छ ।