गायिका रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'तिमी बिना' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको छ भने शब्द रचना प्रधानको रहेको छ । सार्वजनिक गीतको भिडियोमा ऋतु पौडेल र डेविड सुवेदीको अभिनय रहेको छ । भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् । आभास बज्राचार्यको छायाङ्कन रहेको भिडियोमा माधव बेलबासेले गरेका हुन् । गीत गायिका रचना रिमालले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । पछिल्लो समय नेपाल आइडलबाट चर्चामा आएकी रिमाल गीत सङ्गीतमा व्यस्त छिन् । र दर्शकले उनको आवाजमा सार्वजनिक भएका गीतहरू मन पराइरहेका छन् ।