बाढी पहिरो प्रभावितलाई सहयोग लागी अभिनेता पल शाह यति बेला कालिकोटमा छन् । 'हाम्रो टिम नेपाल' र पल शाह प्रतिष्ठानको सहकार्यमा सहयोग गर्न कालिकोट पुगेका हुन् । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरा जाँदा ठुलो जनधनको क्षति भएको थियो । जनधनको ठुलो क्षति भएकाले प्रभावितलाई राहतको आवश्यकता देखेर सहयोगको लागी आफू टिमसहित कालिकोट पुगेको उनले बताएका छन् । पल र टिमले बाढी पहिरो प्रभावित ४० घर परिवारलाई खाद्यान्न, लत्ता कपडा वितरण गरेका छन् । कालिकोटका नागरिकको पीडा महसुस गरेर आफूहरू यहाँ आएको उनको भनाइ छ । उनले विभिन्न दुख झेल्दै आफूहरू कालिकोट पुगेको बताएका छन् ।