छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्, त्यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् । चलचित्रलाई रामजी ज्ञवालीले निर्देशन गरेका हुन् ।
सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको छ । एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ, यसमा मनछुने तरिकाले देखाउन खोजिएको छ ।
'डार्क मुन'को कथा प्रदीप भारद्धाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । चलचित्रमा सुदीप बरालको डि.ओ.पी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन रहेको छ ।