गायिका मेलिना राई र गायक किरण भुजेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'गुलेलीमा' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा तारा अधिकारीको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको छ भने एरेन्ज शाहस शाक्यले गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा अभिनेता नाजिर हुसेन र जेबिका कार्कीको अभिनय रहेको छ । गीतको भिडियोलाई राजीव समरले कोरियोग्राफी गरेका हुन भने शान थापाले निर्देशन गरेका छन् । भिडियो अर्जुन तिवारी र टिमले खिचेका हुन् । गीतले प्रेम भाव बोकेको छ भने आफ्नो मायालुलाई फकाउन गरिएको प्रयास देखाइएको छ । गीतको अडियो र भिडियो राम्रो बनेको छ । गीत सुनौलो तारा नामको युट्युब च्यानलमा उपलब्ध छ।