पछिल्लो समय गायनमा आधारित रियालिटि सो नेपाल आइडल निकै लोकप्रिय बन्दै आइरहेको छ । यति बेला टप ८ को यात्रामा रहेको नेपाल आइडलबाट बाहिरिएका धेरै प्रतिस्प्रर्धिले गीतहरू निकालि सकेका छन् । यसै बिच टप ११मा रहन्दा बाहिरिएकी मेनुका पौडेलले नयाँ गीत सार्वजनिक गरेकी छिन ।
पवित्रा राईको शब्द र रमेश संग्रौलाको सङ्गीतमा तयार भएको ‘सजाको छु’ बोलको गीत सार्वजनिक भएको हो।
गीतको भिडियोलाई रमेश संग्रौलाले निर्देशन गरेका छन्। राजु कार्कीको एरेन्ज रहेको गीतलाई शम्भु कुमार तन्डुकारले रेकर्ड गरेका छन्।