दीपेन्द्र के खनालको निर्देशनमा बन्ने चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति तय गरिएको छ । निर्देशक खनाल र टिमले चलचित्रको छायाङ्कन प्रारम्भ नगर्दै यसको प्रदर्शन मिति तय गरेको हो । कोरोना भाइरसका कारण ५ महिनायता ठप्प रहेको फिल्म इन्डस्ट्री यसै सेलाउन दिन नहुने र केही आशा लाग्दा काम हुनुपर्छ भन्ने उद्देश्यका साथ यस टिमले चलचित्रको रिलिज घोषणा गरेको हो । जस अनुसार चलचित्र वि.सं २०७८ साल भदौ ११ गतेबाट रिलिज गर्ने बताइएको छ । खनालले कोरोनाको सङ्क्रमण चाँडै नियन्त्रणमा आउने आशा राख्दै उनले चलचित्र क्षेत्र चलाउनमा बनाउनका लागि ‘चिसो मान्छे’ को निर्माण प्रक्रिया अगाडि बढाएको बताएका छन् । चलचित्र 'आमा'की निर्मात्री शर्मिला पाण्डेले निर्माण गर्ने चलचित्र सामाजिक कथामा आधारित हुने छ । चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । निर्देशक खनालले लकडाउनपछि घरमै बसेर स्क्रिप्टमा काम गरिरहेको र अवस्था सहज हुन बित्तिकै फ्लोरमा जाने तयारी रहेको छ । हाल सम्म भने चलचित्रको लागी कुनै पनि कलाकार फाइनल भएका छैनन् ।