नेपाल आइडल सिजन ३ की प्रतिस्पर्धी हुन् ममता गुरुङ । हालै नेपाल आइडलबाट बाहिरिएको ममताले नयाँ गीत लिएर आएकी छिन् । 'दुनियाँको आँखामा' बोलको गीत शनिवार युट्युबमा सार्वजनिक गरेकी हुन् । गीतमा डीपी खनालको शब्द रहेको छ भने शङ्कर थापाले सङ्गीत भरेका छन् । गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन् । गीतको लिरिकल भिडियो सहित सार्वजनिक गरिएको छ । गीत डश म्युजिक नेपालको युट्युब च्यानलमा उपलब्ध छ ।