नायिका नीता ढुङ्गानाको आवाजमा भजन सार्वजनिक भएको छ । गणेश चतुर्थीको अवसरमा नीताले 'गणेश भजन' सार्वजनिक गरेकी हुन् । नायिका तथा मोडको रूपमा दर्शकको मन जित्न सफल नीताले यसै भजनबाट गायनमा हात हालेकी हुन् । युट्युब मार्फत सार्वजनिक यस भजनको भिडियोमा नायिका ढुङ्गाना नै फिचर्ड छिन् । पहिले नै सार्वजनिक भएको गणेश भजनलाई नै पुनः रेकर्ड गराइएको हो । गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । सञ्जय लामाको छायाङ्कन रहेको भिडियोमा बनिष शाहको सम्पादन छ । भिडियोमा नीताको साथमा सुनिल सिटौला, अम्सु पोखरेल, अनुष्का पोखरेल लगायतका कलाकारलाई देख्न सकिन्छ । भिडियो निर्माणका लागि तयार पारिएको सेट लोभलाग्दो छ भने भिडियो सुन्दर बनेको छ । यस भजन नभनीता इन्टर्टेन्ट्मेन्ट नामक युट्युब च्यानलमा उपलब्ध छ ।भजन सार्वजनिक भएसँगै दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् यस भजनले नीतालाई राम्रो गायिकाको रुपमा स्थापित गर्ने अनुमान गर्न सकिन्छ ।