सुदन गैरे र मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'उडी जाने जेट' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । लेखु सहयात्रीको शब्द र सुवास भुसालको सङ्गीत रहेको डान्सिङ नम्बरको भिडियो सहित युट्युब रिलिज भएको हो । गीतलाई उदय राज पौडेलले सङ्गीत संयोजन गरेका हुन् । गीतको भिडियोमा एलिशा शर्मा र विजु पार्की फिचर्ड छन् भने भिडियो गणेश शाही निर्देशन गरेका हुन् । भिडियोमा प्रमोद कुमार भण्डारीको कोरियोग्राफी, अनिल के मानन्धरको सिनेमाटोग्राफी र प्रविन भट्टको सम्पादन रहेको छ ।  गीत सुदन गैरेको युट्युब च्यानलमा उपलब्ध छ ।