कोरोना महामारीको प्रभावले समस्यामा परेका प्राविधिकहरूलाई महानायक राजेश हमालले सहयोग गर्ने भएका छन् । कोरोना महामारीले गर्दा काम गुमाएका र दैनिक गुजारा चलाउन नसकिरहेका बेला हमालले सय जना प्राविधिकहरूलाई सहयोग गर्ने भएका हुन् । सय प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारका दरले कुल ५ लाख सहयोग गर्दै छन् । आधिकारिक रूपमा घोषणा नगरिए पनि सहयोग रकम क कसलाई कसरी प्रदान गर्ने भन्ने बारे प्राविधिक सङ्घका प्रतिनिधिसँग छलफल भइसकेको बताइएको छ । हमालले पहिलो चरणमा सय प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारका दरले कुल ५ लाख सहयोग गर्ने र त्यसपछि अर्को चरणमा छलफल गर्न सकिने बताएको स्रोतले जनाएको छ भने चलचित्र प्राविधिक सङ्घका तर्फबाट भने हमाललाई सहयोग रकम बढाउन आग्रह गरिएको श्रोतले जनाएको छ ।