गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘हुन्छ खोसा खोस’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो । म्युजिक भिडियो सहित सार्वजनिक भएको गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको सङ्गीत रहेको छ । गीतको भिडियोमा सागर लम्साल, मञ्जिल बस्नेत, प्रिज्मा-प्रिन्सी खतिवडाको अभिनय रहेको छ । भिडियोलाई राजीव समरको निर्देशन तथा कोरियोग्राफी गरेका हुन् भने राम कुमार केसीले खिचेका हुन् । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा कलर गरेका हुन् । भिडियो रिजन नेपाल को युट्युब च्यानलमा उपलब्ध छ ।