सङ्गीतकार वसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'सुनन पियारी' बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा शब्द सङ्गीत समेत वसन्त सापकोटाकै रहेको छ । सार्वजनिक गीतको भिडियोमा मोडेल सृष्टि खड्का ,सुधीर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय रहेको छ । भिडीयोलाई निर्देशन तथा सम्पादन निसान कश्यपले गरेका हुन् । सफल सम्पादक निसान पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त छन् । यस्तै लाई उत्सव दाहालको छायाङ्कन र अनिता ग्वाच्चाको मेकअप देख्न सकिन्छ ।  गीत गायक सङ्गीतकार सापकोटाको युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।