रंगपत्रकारको साथै पछिल्लो समय मोडलिङमा पनि व्यस्त रहेका विशाल राईले अभिनेत्री केकी अधिकारीसँग एकसाथ म्युजिक भिडियोमा काम गरेका छन् । गायक धन साम्पाङ राईको नयाँ गीत ‘सानुमाया’मा विशाल र केकीलाई देख्न सकिन्छ ।
सार्वजनिक गीतमा साम लिम्बुको शब्द तथा सङ्गीत रहेको छ । गोदावरीको सौदर्य दृश्यलाई कैद गरिएको उक्त भिडियोलाई राकेश किरातीले निर्देशन गरेका हुन । भिडियामा अधुरो प्रेमकथालाई सफल बनाउन गरिएको एक जोडीको कथा समेटिएको छ ।