बुद्ध लामा र सज्जा चौलागाईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडलको पहिलो सिजनका विजेता बुद्ध र तेस्रो सिजनको फाइनलिष्ट सज्जाले 'हुन्न हुन्न हुँदै हुन्न' बोलको गीत युट्युबमा सार्वजनिक गरेका हुन् । गीतमा रमेश दाहालको शब्द र टिका दाहालको सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियो गम्भीर विष्टको निर्देशन र सुवोल थापाको कोरियोग्राफीमा तयार भएको छ भने बुद्ध लामा र मल्लिका महत फिचर्ड छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । गीत गायक बुद्ध लामाको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । प्रेमको भाव बोकेको गीतमार्फत आफूले मन पराएकी प्रेमिकालाई फकाउन गरिएको  देखाइएको छ ।