गायक प्रताप दास र अन्नु चौधरीको आवाजमा गीत सार्वजनिक भएको छ । 'कोरेको छु तिम्रो तस्बिर' बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री प्रियंका कर्की र गौतम खातीले अभिनय गरेका छन् । निरा खातीको शब्द रचना रहेको गीतमा डी बि लामाको सङ्गीत रहेको छ । गीत सहस शाक्यले एरेन्ज गरेका हुन् । भिडियो सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् । गीत मा नृत्य निर्देशन शुभम भुजेलले गरेका हुन् । गीतमा प्रियंका र गौतमले प्रेमिल जोडीको भूमिका निभाएका छन् । म्युजिक भिडियो सुन्दर बनेको छ भने प्रियंका र गौतमको प्रेम निकै गहिरो देखाइएको छ ।