अभिनेता दयाहाङ राई र नायिका आँचल शर्मा अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । 'त्यो तिमी हौ' बोलको गीतमा राजेश पायल राईको स्वर रहेको छ । अर्जुन पोखरेलको सङ्गीत र निर्मला राई (परिवेश) को शब्द रहेको गीतको भिडियोमा आँचल र दयालाई रोमान्टिक रूपमा देख्न सकिन्छ । मिलन चाम्सको निर्देशनमा निर्माण भएको भिडियो सुदीप बरालले खिचेका हुन् । दया र आँचलको भूमिका रहेको भिडियो दर्शकले प्रतीक्षा गरेका थिए भने सार्वजनिक भएसँगै गीत युट्युब ट्रेन्डिङमा परिरहेको छ । गीत ओएसआर डिजिटलको च्यानलमा उपलब्ध छ ।