कलाकार भोलाराज सापकोटाको आज जन्मदिन परेको छ । रङ्गमञ्च हुँदै नेपाली फिल्म इन्डस्ट्रीमा प्रवेश गरेका चर्चित एवम् लोकप्रिय कलाकार सापकोटा २०३५ साल भदौ १० गते आजकै दिन हेटौँडामा जन्मिएका थिए । नेपाली चलचित्रमा मात्र नभई बलिउडमा समेत आफ्नो अभिनयाँ कौशल देखाइसकेका भोलाराजले लाई बिहानैदेखि शुभकामना दिनेको ओइरो लागेको छ । बलिउड चलचित्र 'बर्फी' मा रणवीर कपुर र प्रियंका चोपडासँग काम गरेर दर्शकको मन जितेका भोलाराजले नेपाली चलचित्र गोपी, कुम्भ करण, चचहुई, कागजपत्र, पण्डित बाजेको लौरी, मिस्टर भर्जिन, रणवीर, लगायतका दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनको अभिनय तथा व्यक्तित्वकै कारण धेरैको प्रिय बनेका कलाकार सापकोटालाई जन्मदिनको शुभकामना ।