यति बेला निर्देशक दीपेन्द्र के खनाल चलचित्र 'चिसो मान्छे'को तयारीमा छन् । लकडाउन अघी चलचित्र 'आमा' निर्देशन गरेका खनालले लकडाउन भएसँगै नयाँ चलचित्रको तयारीमा जुटेका हुन् । केही दिन अघी चलचित्र निर्माण टिमले चलचित्रको प्रदर्शन मिति समेत तोकिसकेका छन् । शर्मिला पाण्डेले निर्माण गर्ने यस चलचित्रमा अभिनेत्रीको भूमिकामा स्वस्तिमा खड्का फाइनल भएको खबर बाहिरिएको छ । अवस्था सामान्य भएसँगै छायाङ्कनमा जाने तयारी गरेको चलचित्रको लागी कलाकारहरू फाइनल गर्ने क्रम अगाडी बढाइएको बुझिएको छ । जस अनुसार निर्माण पक्षले मुख्य भूमिकाको लागी स्वस्तिमालाई फाइनल गरिएको हो ।

बुझिए अनुसार स्वस्तिमा र निर्माण पक्ष बिच केही दिन अगाडि मात्र सम्झौता भएको थियो । निर्देशक खनाल र नायिका खड्काले चलचित्र ‘लभ लभ लभ’मा एकसाथ काम गरेका थिए । यसै गरी निर्मात्री पाण्डे र दीपेन्द्रले पछिल्लो पटक 'आमा'मा सहकार्य गरेका थिए ।  'चिसो मान्छे' आगामी वर्षको भदौ ११ गते प्रदर्शनमा आउने छ ।