यही असार ३० गतेबाट प्रदर्शन भएको चलचित्र ‘म यस्तो गीत गाउछु’ नेपालमा यति बेला तेस्रो हप्तामा चलिरहेको छ । सुदर्शन थापाको निर्देशनमा बनेको ‘म यस्तो गीत गाउछु’ यस वर्षको पहिलो हिट चलचित्र बनेको छ । नेपालमा लगानी सुरक्षित गरिसकेको ‘म यस्तो गीत गाउछु’ यति बेला विभिन्न देशमा प्रदर्शन भइरहेको छ ।

यसै चलचित्र प्रदर्शनको लागी चलचित्रका नायक पल शाह यति बेला थाइल्याण्डमा छन् । थाइल्याण्डको तिन वटा स्थानमा सो गरिसकेको नायक पलले जानकारी दिए । दर्शकले चलचित्रलाई रुचाएको उनले बताएका छन् । पल शाह अभिनित यो चलचित्र दोस्रो हो । थाइल्याण्डमा रहेका नेपालीले यति धेरै माया दिनु भएकोमा खुसी लागेको पल बताउछन् ।

 थाइल्याण्डसँगै चलचित्र जापान, अस्ट्रेलिया, हङकङ लगायतका केही देशमा चलचित्र प्रदर्शन हुँदै छ । नायिका पूजा शर्माको लगानीमा बनेको चलचित्रमा पल र पूजाको मुख्य भूमिका रहेको छ ।