गायक नरेश रेग्मीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'म सास बन्न पाए' बोलको गीत युट्युब सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतको म्युजिक भिडियोमा मोडल तथा नायक पुष्प खडका र एलिजा गौतम फिचर्ड छन् । गीतमा शब्द तथा सङ्गीत वसन्त सापकोटाको रहेको छ । शिव विकले निर्देशन गरेको भिडियोमा एलिजा र पुष्पको केमेस्ट्री निकै राम्रो देखिएको छ । पहिलो पटक यी दुईलाई एकसाथ भिडियोमा देखिएको हो । हाल अस्ट्रेलिया बस्दै आएका गायक रेग्मीले नेपाल रहँदा थुप्रै म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । रोमान्टिक शैलीमा निर्माण भएको गीतको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन,सुरेश काफ्लेको ड्रोन, पारु अधिकारीको ड्रेस डिजाइन रहेको छ । गीतलाई एनआर क्रिएसनले बजारमा ल्याएको हो ।