सुनिल गिरी र मेलिना मैनालीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मुग्लान' बोलको गीत युट्युबमा बिहीबार सार्वजनिक गरिएको हो । गायक सुनिलको पिरती एल्बममा समावेश यस गीतमा गायक सुनिल कै शब्द तथा सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा गायक सुनिल र गायिका मेलिना फिचर्ड छन् भने निर्माण तथा निर्देशन पनि गायक स्वयंले गरेका हुन् । म्युजिक भिडियोलाई विवेक विकले छायाङ्कन गरेका हुन् भने उनी स्वयम्ले सम्पादन पनि गरेका छन् । गीत गायक सुनिलले आफ्नै युट्युब च्यानलमा उपलब्ध छ ।