गायक नरेन्द्र वल्लव पन्थीको आवाजमा गीत सार्वजनिक भएको छ । सुशील सङ्गमको शब्द रचना रहेको 'निरमाया मरें नि' बोलको गीतमा जुगल डङ्गोलको सङ्गीत रहेको छ । गीत युट्युबमा शुक्रवार सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा विजु पार्की र सिर्जना जिसी फिचर्ड छन् । शुभम भुजेलको कोरियोग्राफी रहेको भिडियो सुब्रत आचार्यले निर्देशन गरेका हुन् । भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने नवीन निरौलाले सम्पादन गरेका हुन् । ओएस आर डिजिटलमा उपलब्ध यस डान्सिङ नम्बरको भिडियो मनोरञ्जनात्मक बनेको छ भने विजु र सृजनाको प्रस्तुति दमदार छ ।