नेपाल आइडल ३ को उपाधि सज्जा चौलागाईंले पाएकी छिन् । शुक्रवार आयोजित फिनाले मार्फत सज्जा तेस्रो नेपाल आइडल घोषित भएकी हुन् । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेका मध्येबाट दर्शकको भोटका आधारमा तेस्रो नेपाल आइडल घोषित गरिएको हो । नेपाल आइडलको तिन सिजन सम्पन्न हुँदा महिला प्रतिष्पर्धीले उपाधि पाएको यो पहिलो पटक हो । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए । विजेता सज्जाले 'नेपाल आइडल–३' को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् । यसै गरी फस्ट रनर अप प्रविन बेडवालले १५ लाख र सेकेन्ड रनर अप किरणकुमार भुजेलले पाँच लाख नगद प्राप्त गरेका छन् । कोरोना कहरका बिच सम्पन्न फिनालेमा दुर्भाग्यवस कोहि पनि प्रतिष्पर्धी उपस्थित हुन् पाएनन् । नेपाल आइडल टीमको एक सदस्यलाई नै कोरोना संग्क्रमण भएपछी विजेताको नाम अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले घोषणा गरेका हुन् ।
कोरोना महामारीका कारण अन्य वर्ष भव्य तरिकाले नभई सामान्य तवरमै सम्पन्न गरिएको हो । गत चैतमा नै सम्पन्न हुनुपर्ने नेपाल आइडलको फिनाले कोरोना महामारी र लकडाउनले गर्दा यति बेला सम्म सरेको हो । कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु बज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।