अभिनेत्री संचिता लुईटेल मुख्य भूमिकामा रहेको चलचित्र ‘लिला’ को प्रचारपरासर सुरु भएको छ । चलचित्र युनिटले फरक तरिकाबाट प्रमोसन सुरु गरेको छ ।आइतबार निर्माण युनिटले पशुपती स्थित बृद्धाश्रममा आश्रृत बृद्धबृद्धालाई भोजन गराउँदै चलचित्रको प्रचारको सुरुवात गरेको हो ।
भदौ ३० मा प्रदर्शन हुने चलचित्रले आइतबार निर्माता कृष्ण प्रसाद दंगालको जन्मदिनको अवसर पारेर समाजसेवा मार्फत प्रचार सुरु गरेको हो ।सोही कार्यक्रममा चलचित्रका अभिनेता राज कटुवाल, अभिनेत्री संन्चिता लुइटेल, कलाकार निर्माता सिपी पौडेल, हाँस्य कलाकार देबिराम पराजुली, निर्माता लक्ष्मण बस्नेत, निर्देशक रमेश कोइराला, सहायक निर्देशक राधाकृष्ण लगायतले आफ्नै हातले बृद्धबृद्धालाई खाना समेत खुवाए ।
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको ‘लिला’ लाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । कलाकार सिपी पौडेल यसका कार्यकारी निर्माता हुन भने लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेका छन् । चलचित्रको लेखन लक्ष्मण बस्नेतले नै गरेका हुन् ।