गायक सुगम पोख्रेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मलाई थाहा छैन' बोलको गीत सुगमले आइतबार युट्युबमा सार्वजनिक गरेका हुन् । समीर खतिवडाको शब्द रहेको गीतमा गायक सुगमले नै सङ्गीत भरेका हुन् । बिजेश्वोर राज तन्डुकारले एरेन्ज गरेको गीतको भिडियोमा सुगम आफै फिचर्ड छन् । सार्वजनिक भिडियो रुदिप नेपाल र सुगम पोख्रेलले नै खिचेका हुन् । भने सम्पादन मनोज सापकोटाले गरेका हुन् । प्रेम र समर्पणको भाव बोकेको गीत सुगमको 'शून्य' एल्बममा समावेश छ । गीत गायक पोख्रेलको युट्युब च्यानलमा उपलब्ध छ ।