पवन गिरीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'काठमाण्डौको साढे सात' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । रक जनरामा तयार पारिएको गीतले  काठमाडौँको बेतिथिलाई विषय बनाएको छ । गीतमा रम्बो अधिकारीको शब्द रहेको छ भने गायक पवनकै सङ्गीत रहेको छ । सम्राट न्यौपानेले एरेन्ज गरेको गीतको भिडियो राज पोखरेलले खिचेका हुन् । यसै गरी सम्पादन प्रतीक ढुङ्गेलले गरेका हुन् । सुजय गौतमको कन्सेप्ट रहेको म्युजिक भिडियोले काठमाण्डौको धुलो धुवा लगायत अन्य सयौँ समस्याको विषय उठाएको छ । गीत पवन गिरीको युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ।