नायक आशिरमान देशराज जोशीको आज जन्मदिन परेको छ । लकडाउन र कोरोना महामारीका बिच उनी आज आफ्नो परिवारसँग जन्मदिन मनाइरहेका छन् । उनी आज आफ्नो २३औँ जन्मदिन मनाउँदै छन् । चलचित्र 'ग्याङस्टार ब्लुज'बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका उनले दुई चलचित्रमा अभिनय गरेका छन् । जसमध्ये दुवैले बक्स अफिसमा कमाल गर्न सकेनन् । यद्यपि उनको करियर र अभिनयलाई लिएर आशावादी बन्न सकिन्छ । दर्शकले उनको व्यक्तित्व र उनको क्षमता माथि भने अझै विश्वास गरिरहेका छन् । लकडाउनका कारण पछिल्लो समय घरमा नै रहेका आशिरमान अब कसरी अगाडी बढ्दै छन् त्यसैले उनको आगामी दिनको र उनको करियरको निर्धारण गर्ने छ । सिनेपाटी परिवारको तर्फबाट आशिरमानलाई जन्मदिनको शुभकामना!!