गायक निशान भट्टराईको नयाँ गीत लिएर आएका छन् । 'आटो पिठो' बोलको गीत भिडियोसँगै युट्युबमा सार्वजनिक भएको हो । गीतमा निशानलाई गायिका सोनिका लामाले आवाज दिएर साथ दिएकी छिन् । गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ भने नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् । सोमबार सार्वजनिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतम फिचर्ड छन् । टेकेन्द्र शाहले निर्देशन गरेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । रामकुमार केसीले छायाङ्कन गरेको भिडियोमा टेकेन्द्र शाहले नै सम्पादन गरेका हुन् । म्युजिक भिडियो लाईमलाईट नेपालको युट्युब च्यानलमा उपलब्ध छ । गीतले आफ्नै देशमा बसेर खुसी हौँ र परिवारलाई स्वर्ग बनाउँ भन्ने संदेश बोकेको छ ।