सरोज साजन श्रेष्ठको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'माया नैनी ताल' बोलको गीत सोमबार सार्वजनिक भएको हो । गायक श्रेष्ठकै सङ्गीत तथा शब्द रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा सुधीर श्रेष्ठ अनि रियाशा दाहाल तथा गायक स्वयं फिचर्ड छन् । विधान कार्की निर्देशन गरेको भिडियोलाई सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालको छायाङ्कन गरेका हुन् भने विकास दाहालको सम्पादन र रङ संयोजन गरेका हुन् । पछिल्लो समय सरकारले पुनः लकडाउन तथा निषेधाज्ञा जारी गरेपछि बन्द भएको म्युजिक भिडियो छायाङ्कन लगायत कामहरू रोकिएका छन् । यद्यपि लकडाउन सुरु हुनु भन्दा अगाडी छायाङ्कन गरिएका म्युजिक भिडियोहरु एक पछि अर्को गर्दै सार्वजनिक भएका छन् । म्युजिक भिडियो दी डिभाइन म्युजिक नामको युट्युब च्यानलमा उपलब्ध छ ।