गायक सजल न्यौपानेको स्वरमा 'पाए मैले' बोलको गीत सार्वजनिक भएको छ । लुलु आर रानाको शब्द रहेको गीतमा सङ्गीत तथा एरेन्ज रहेको छ । सार्वजनिक म्युजिक भिडियोमा वर्षा सिवाकोटी, जीवन भट्टराई र विकास लामिछानेको अभिनय रहेको छ । प्रेमको परिभाषा फरक रूपमा दिने कोसिस गरिएको भिडियोलाई अनुप चापागाईँले निर्देशन गरेका हुन् । भिडियोमा वर्षाको प्रेमका लागि जीवन र विकास बिचको टकराब देखाएको छ । भिडियोमा हरि हुमागाईँको छायाङ्कन, विकास दाहालको सम्पादन र समरा श्रेष्ठको मेकअप रहेको छ । गीत सजल न्यौपाने अफिसियल नामको युट्युब च्यानलमा उपलब्ध छ ।