रामकृष्ण पोखरेलले निर्माण हुने चलचित्र 'रिभर इन दि मिरर' बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । यस साल छनौट भएका २२ मध्य यो एक फिल्म मध्य भुटानी निर्देशक टासी ग्याल्क्षेनले निर्देशन गरेको यस चलचित्र छनोट भएको हो । अक्टोबर ७ देखि १६ सम्म सीमित विदेशी फिल्मकर्मीका साथ भर्चुअल रूपमा सम्पन्न हुने यस फेस्टिभल मा 'एसियन प्रोजेक्ट मार्केट'न बुसान फिल्म फेस्टिभलको महत्त्वपूर्ण अंश हो । यसअघि पोखरेल र ग्याल्क्षेनको सहकार्यमा निर्माण गरेको फिल्म 'रेड फालुस'ले सन् २०१८ मा बुसानमै भएको प्रतिस्पर्धामा फेप्रिस्की अवार्ड जित्न सफल भएको थियो । एसियाका फिल्ममेकरलाई विश्व सिनेमासम्म पुर्याउने उद्देश्यले सुरु भएको एपीएममा यो साल नेपालसँगै जापान, चीन, बङ्गलादेश, भारत, श्रीलङ्का, ताइवान आदि देशका फिल्ममेकर छानिएका छन् । एपीएम पनि अक्टोबरको १२ देखि १४ सम्म भर्चुअल रूपमै सम्पन्न हुने निर्माता पोखरेलले बताएका छन् । उनका अनुसार एपीएम एसियाका फिल्ममेकरलाई लगानीकर्ता खोज्ने सवालमा महत्त्वपूर्ण प्लेटफर्म रहँदै आएको छ ।
'रिभर इन दि मिरर'ले १० वर्षे बालकले ८१ वर्षीय हजुरआमालाई बदला लिन उनलाई अमर बनाउन सञ्जीवनी बुटी खोज्न हिँडेको कथा प्रस्तुत गर्नेछ । चलचित्रको साढे तीन करोड बजेट रहेको बुझिएको छ । पोखरेलले यसअघि 'हाइवे टु धम्पुस', 'कथा ७२', 'माउन्टेन टु क्लाइम्ब', 'झालो' र 'तातिनी' आदि चलचित्र बनाइसकेका छन् । जसले धेरै अन्तर्राष्ट्रिय अवार्डहरू हात पारिसकेका छन् । यस अवार्डमा आफ्नो चलचित्र पनि छानिएको बारे बताउँदै पोखरेल भन्छन्, 'नेपाल जस्तो देशका लागि विश्व सिनेमामा उपस्थिति देखाउन एपीएम एकदमै राम्रो प्लेटफर्म हो । त्यसबाहेक युरोपमा प्रोड्युसिङ पार्टनर भेट्टाउनमा पनि यसले मद्दत गर्ला भन्ने अपेक्षा छ' ।