नायिका श्वेता खड्काले निर्देशक यम थापासँग सहकार्य गर्ने भएकी छिन् । चलचित्रमा अभिनय गरेको २ वर्षभन्दा बढी समय पछि उनी फेरी चलचित्रमा देखिने भएकी हुन् । अभिनेत्री खड्काले आफूलाई एउटा अतिथि भूमिकाका लागि अफर गरिएको र सुरुमा आफू काम गर्न राजी नभए पनि आफूलाई नयाँ कथा सुनाएको र कथा निकै मन परेपछि आम गर्न तयार भएको बताएकी छिन् । निर्देशक थापा आफैले लेखेको कथाले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने बुझिएको छ । चलचित्रमा श्वेताले आमाको भूमिका निभाउने भनिए पनि यसबारे भने उनी आफैँले केही खोलेकी छैनन् । छोरीको भूमिका बाल कलाकार सेड्रिना शर्मालाई अफर गर्ने सोचमा निर्देशक थापा छन् ।