डान्सिङ रियालिटी 'डान्सिङ्ग विथ द स्टार्स नेपाल' को तयारी सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय डान्स सेलिब्रेटी रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको नेपाली संस्करणको तयारी पूरा भएसँगै यसबारे कौतूहल बढेको छ । छिट्टै नै टेलिभिजनमा प्रसारण हुने तयारीमा रहेको यस शोमा १२ सेलिब्रेटी र उनका कोरियोग्राफरको स्टेजमा प्रस्तुति दिनेछन् । दिलीप रायमाझी, गौरी मल्ल र रेनशा वान्तता राई निर्णायक रहेकी शोमा हरि खड्का, प्रशान्त ताम्राकार, ज्योति मगर, बुद्ध लामा, सुमी मोक्तान, सृष्टि केसी, रक्षा श्रेष्ठ लगायतका सेलिब्रेटी यो प्रतिस्पर्धामा भाग लिँदै छन् । कार्यक्रमको प्रिमियर एपिसोडको सुटिङ समेत सम्पन्न भइसकेको छ । जसमा महानायक राजेश हमाल र शोका जजहरूको प्रस्तुति रहने छ । लक्ष्मण पौडेलको निर्देशनमा यस रियालिटी शो तयार हुनेछ ।