गायक शिशिर योगी र गायिका रजिना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'मेरो माया हेरिदेऊ एक फेरि' गीत युट्युबमार्फत सार्वजनिक भएको हो । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा दधि अधिकारीको शब्द तथा शिशिर योगीको सङ्गीत रहेको छ । प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा अञ्जली अधिकारी र दिक्पाल कार्कीको अभिनय रहेको छ । लोक शैलीमा प्रेम र सम्बन्धलाई प्रस्तुत गरिएको गीतको भिडियो  आवेश बज्राचार्यले खिचेका हुन् भने माधव बेलवासेले सम्पादन गरेका हुन् । यसलाई राजन शाहीले कोरियोग्राफी गरेका हुन् ।